विरुवा उपहारमा दिनुअघि जान्नुहोस् वास्तुका नियम

नेपालभ्युज

विरुवा उपहारमा दिनुअघि जान्नुहोस् वास्तुका नियम

एजेन्सी । प्रायः हामीले साथभाई परिवारका खास व्यक्तिलाई विशेष कार्यक्रम वा चाडपर्व आदिमा उपहार आदानप्रदान गर्ने गर्छौं ।

त्यस्तै उपहारमा दिने धेरै सामग्री तथा वस्तु हुन्छन् जसमध्ये कतिपयले फूल विरुवा पनि दिने गर्छन् । विरुवा उपहारको रुपमा दिनु एकदमै राम्रो कुरा हो । यसले हरेकलाई प्रकृतिसँग जोडिने मौका पनि मिल्छ ।

तर कतिपय विरुवालाई उपहारमा दिँदा केही वास्तु सम्बन्धी नियमलाई ध्यान राख्न जरुरी हुन्छ । आज हामी यस्तै वास्तु सम्बन्धी नियम बारे जानौं ।

तपाईंले एरिका पाम, तुलसी वा अन्य कुनै वासनादार विरुवा उपहारमा दिन सक्नुहुन्छ । तर कहिल्यै पनि बोनसाई उपहार नदिनुहोस् किनकी यसलाई कुनै ठूलो रुखका जरालाई काटेर बनाइएको हुन्छ । यसबाहेक कसैलाई देववृक्ष जस्तो पीपल, बर आदि उपहारमा दिनुहुँदैन ।

यदि तपाईंले कुनै खास चाडपर्वमा उपहार दिन चाहनुहुन्छ भने धुपीको विरुवा एकदमै राम्रो मानिन्छ । बच्चाको कोठामा धुपीको विरुवा लगाइयो भने पढाईमा ध्यान दिन्छन् भन्ने पनि मान्यता छ ।

कयौंपटक मानिस घरको आवश्यकतालाई ध्यानमा दिएर मसलाका विरुवा पनि एकअर्काले लिनेदिने गर्छन् । एकअर्काको घरमा यसको आवश्यकता हुन्छ भन्ने लाग्छ । तर कसैलाई पनि मसलाको विरुवा जस्तै दालचिनी, रातो खुर्सानी वा अदुवा नदिनुहोस् । यस्ता विरुवालाई पिरो मानिन्छ जसले सम्बन्धलाई पनि पिरो बनाउन सक्छ भन्ने मान्यता छ ।

आफ्नो एकदमै नजिकको कसैलाई दिन चाहनुहुन्छ भने यस्तोमा एलोवेराको विरुवा दिनुहोस् । यसलाई खानेदेखि लगाउने हरेक प्रकारले प्रयोग पनि गरिन्छ ।

यसबाहेक हरेक श्रृंगारका लागि प्रयोग हुने विरुवा उपहारमा दिनु राम्रो मानिन्छ । त्यस्तै फूल फुल्ने विरुवा उपहारमा दिँनु पनि राम्रो मानिन्छ । यसले जीवनमा सकारात्मकता ल्याउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved