फिल्मकर्मीविरुद्ध धमाधम उजुरी- ‘प्रसाद २’ का निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

फिल्मकर्मीविरुद्ध धमाधम उजुरी- ‘प्रसाद २’ का निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले आफ्नो फिल्म मञ्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेको भनेर निर्माता बस्नेत र श्रेष्ठले तीन जनाकोविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको हो।

मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगी गरेको भन्दै उजुरी दिएका हुन्।

निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए।

जाहेरीमा उल्लेख तीन जनामध्ये एक ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने पक्राउ परेका छन्। उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved