इजरायल र हमासबीचको युद्धमा ५ सयभन्दा धेरैको ज्यान गयो, अवस्था अत्यन्तै जटिल

हमासले शनिबार विहान अकल्पनीय रुपमा ५ हजार भन्दा धेरै रकेट आक्रमण गरेको थियो भने सीमाको पर्खाल बार भत्काएर इजरायलका केही क्षेत्र कब्जा गरेको छ ।

नेपालभ्युज

इजरायल र हमासबीचको युद्धमा ५ सयभन्दा धेरैको ज्यान गयो, अवस्था अत्यन्तै जटिल

एजेन्सी। इजरायल र प्यालेस्टाइनको हमास लडाकु समूहबीचको युद्ध झनै चर्किएको छ । हमासले इजरायलमा गरेको आक्रमणको जवाफमा इजरायलले पनि कडा जवाफी कारबाही सुरु गरेको छ ।

हमासले शनिबार एकाएक गरेको आक्रमणबाट अहिलेसम्म २ सय ५० जना इजरायलीको ज्यान गएको छ । १५ सय जना घाइते भएकोमा ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै इजरायलले पनि प्यालेस्टाइनका विभिन्न क्षेत्रमा गरेको आक्रमणबाट २ सय ४० जनाको ज्यान गएको र झण्डै २ हजार जना घाइते भएको जनाएको छ । दुवैतर्फको आक्रमक कारबाहीले अवस्था डरलाग्दो बनेको छ । अस्पतालहरू घाइतेले भरिएका छन् । सेकेन्ड सेकेन्डमा गोली चल्ने र रकेट आक्रमण हुँदा नागरिक आत्तिएका छन् ।

हमासले शनिबार विहान अकल्पनीय रुपमा ५ हजार भन्दा धेरै रकेट आक्रमण गरेको थियो भने सीमाको पर्खाल बार भत्काएर इजरायलका केही क्षेत्र कब्जा गरेको छ । इजरायलका केही सैनिक र नागरिकको हत्या गर्नुको साथै केहीलाई अपहरण गरेको छ ।

संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेडक्रस लगायतका अन्तराष्ट्रिय संस्थाहरुले युद्ध तत्कालै रोक्न आग्रह गरेका छन् ।

पछिल्लो पटक सन् २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । त्यसअघि सन् २०२१ मा ११ दिनसम्म चलेको हिंसात्मक द्वन्द्वमा गाजाका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved