के हो कम्प्यूटर भिजन सिन्ड्रोम ? बच्चालाई कसरी जोगाउने

अफिसमा काम होस् वा स्कूल कलेजको पढाईमा धेरैले यस्ता उपकरणको प्रयोग गर्ने गर्छन् । तर लगातार स्क्रीनको प्रयोग गर्नु भनेको हाम्रो स्वास्थ्यका लागि एकदमै हानिकारक कुरा हो ।

नेपालभ्युज

के हो कम्प्यूटर भिजन सिन्ड्रोम ? बच्चालाई कसरी जोगाउने

एजेन्सी । अहिलेको समयमा मानिसहरु धेरै जसो समय प्रविधिका बीचमा बिताउने गर्छन् ।

बच्चा वा ठूला सबैले दिनभर फरक फरक प्रकारका ग्याजेट्सको प्रयोग गर्ने गर्छन् । खासगरी मोबाइल ल्यापटप वा कम्प्यूटर अहिले यी उपकरण मानिसका महत्वपूर्ण हिस्सा भइसकेका छन् । अफिसमा काम होस् वा स्कूल कलेजको पढाईमा धेरैले यस्ता उपकरणको प्रयोग गर्ने गर्छन् । तर लगातार स्क्रीनको प्रयोग गर्नु भनेको हाम्रो स्वास्थ्यका लागि एकदमै हानिकारक कुरा हो ।

स्क्रीन तथा ग्याजेट्सहरुको धेरै प्रयोग गर्दा कम्प्यूटर भिजन सिन्ड्रोम यानिकी सीवीएस जस्तो गम्भीर समस्याको शिकार पनि हुन सकिन्छ । अहिलेको अवस्थामा संसारभर यो समस्याबाट लाखौं व्यक्ति ग्रसित पनि छन् । हालै यही विषयलाई लिएर गरिएको एक अध्ययनमा यसबारेमा विस्तारमा बताइएको छ ।

अध्ययनबाट थाहा भएको छ कि धेरैजस्तो व्यक्ति लामो समयसम्म स्क्रीनको प्रयोग गरिरहेका छन् जसले गर्दा उनीहरुलाई मस्कुलोस्केलेटल तथा आँखा सम्बन्धी समस्याको शिकार भइरहेका छन् । आउनुहोस् जानौं कम्प्यूटर भिजन सिन्ड्रोमसँग जोडिएका केही जरुरी कुराहरु–

सीवीएस को कारण के हो ?

सीवीएसका कैयौं कारणहरु हुन सक्छन् । यसको प्राथमिक कारण डिजीटल उपकरणहरुको लामो समयसम्म प्रयोग गर्नु नै हो । जसले गर्दा चिलाउने, ब्लर वा दुईवटा देखिने, आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, घाँटी तथा काँधमा दुखाई वा हातका औंलाहरु दुख्ने जस्ता लक्षणहरु हुन सक्छन् । यसबाहेक कम्प्यूटर वा स्क्रीनको धेरै समय प्रयोग गर्दा निद्रासम्बन्धी समस्याहरु पनि देखिने गर्छ ।

सीवीएसका लक्षण

सीवीएसका लक्षणले व्यक्तिको मुडमा पनि प्रभाव पार्न सक्छ । जसले गर्दा काममा पे्ररणा, जागिरमा सन्तुष्ट नहुनु वा व्यक्तिको सम्पूर्ण मानसिक व्यवहारमा पनि असर पार्दछ ।

यसबाहेक धेरै स्क्रीनको प्रयोग गर्नाले निद्रा पनि खराब हुन्छ । विशेषज्ञहरुका अनुसार स्क्रीनबाट निस्कने ब्लु लाइटले मेलाटोनिनको सिन्थसिसमा बाधा पुर्‍याउन सक्छ जो निद्रालाई नियन्त्रण गर्न चाहिने हर्मोन हुन्छ । यस्तोमा तपाईं कम्प्यूटर भिजन सिन्ड्रोमको जोखिमलाई कम गर्नका लागि निम्न उपायहरु अपनाउन सक्नुहुन्छ ।

– हिजोआज बच्चाहरु आफ्नो लामो समय मोबाइल वा कम्प्यूटर स्क्रीनको अगाडि बिताउँछन् । यस्तोमा सानो बच्चाका लागि स्क्रीन टाइम दैनिक एक वा दुई घण्टासम्म मात्र सीमित गर्नुहोस् ।

– यदी तपाईंको बच्चा स्क्रीनको प्रयोग गरिरहेको छ भने उसलाई बस्ने पोश्चर सही राख्नका लागि पनि सुझाव दिनुहोस् । साथमा स्क्रीन प्रयोग गरिरहेको स्थानमा उज्यालो पनि सही रुपमा हुनुपर्दछ ।

– सीवीएसबाट बच्नका लागि मनिटर र आँखाको दुरी कम्तीमा १८ देखि २८ इन्चसम्म बनाउनुहोस् । कुर्सीलाई यसरी राख्नुहोस् कि खुट्टा जमिनमा होस् र टेबलमा हात राम्रोसँग रहुन् ।

– यदी तपाईंको बच्चाले लामो समय स्क्रीनको प्रयोग गर्छ भने नियमित रुपमा आँखाको जाँच गराउन जरुरी हुन्छ । जसले गर्दा सही समयमै आँखाको समस्या थाहा हुन्छ र उपचार गर्न सकिन्छ ।

– आफ्ना आँखालाई ख्याल गर्नका लागि हरेक २० मिनेटमा कम्तीमा २० फिट टाढा केही चीजलाई हेर्नका लागि २० सेकेन्डको ब्रेक लिने । यसबाहेक तनाव कम गर्नका लागि नियमित रुपमा घाँटी, काँध, ढाडसम्बन्धी स्ट्रेचिङहरु गर्न लगाउने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved