प्रोटिन पाउडरको धेरै सेवन गर्दा हुने नोक्सानी

नेपालभ्युज

प्रोटिन पाउडरको धेरै सेवन गर्दा हुने नोक्सानी

एजेन्सी । केही व्यक्ति शरीरमा प्रोटिनको कमी पूरा गर्नका लागि प्रोटिन पाउडर लिने गर्छन् । तर धेरै मात्रामा प्रोटिन पाउडरको सेवन गर्नु भनेको मृगौलामा समस्या उत्पन्न गराउन पनि हो । यसले मृगौला तथा पाचन तन्त्रमा नराम्रो असर पर्न सक्छ । त्यसैले धेरै प्रोटिन पाउडरको सेवन गर्नुका पनि केही बेफाइदाहरु छन् ।

प्रोटिन पाउडरको धेरै सेवन गरेमा पेटसँग जोडिएका समस्या जस्तै ग्यास, अपच तथा पेट दुख्ने आदि हुन सक्छ । यदी तपाईंको पहिलेदेखि नै पेटसँग जोडिएको समस्या छ भने प्रोटिन पाउडरको सेवन नर्गुहोस् ।

प्रोटिन पाउडरको धेरै सेवन गर्नाले शरीरमा इन्सुलिनको स्तर बढ्छ । यदी तपाईं जीम वा कसरत गरेपछि यसलाई लिनुहुन्छ भने यसले इन्सुलिन बढ्न सक्छ ।

प्रोटिन पाउडर नियमित रुपमा सेवन गर्दा मृगौलामा असर पर्न सक्छ । यसले मृगौलाको कार्यक्षमतामा पनि असर पार्छ र मृगौला कमजोर बनाइदिन्छ ।

त्यस्तै यसको नियमित सेवनले लिवरसँग जोडिएका समस्याहरु पनि बन्न सक्छन् । यसले लिवरको कार्यमा पनि प्रभाव पार्ने भएकाले लिवरका समस्या देखिन सक्छन् ।

प्रोटिन पाउडर धेरै मात्रामा सेवन गर्दा कैयौं पटक मुटुसँग जोडिएका समस्याहरु जस्तै हृदय घात, अदीमिया आदिको कारण पनि बन्न सक्छ ।

आमरुपमा मानिसले प्रोटिन पाउडरको सेवन शारीरिक क्षमता बढाउनका लागि  गर्छन्, तर कतिपय अवस्थामा यसको सेवनले शरीरमा सुस्ती तथा थकान जस्ता समस्या देखिने पनि गर्छ ।

नियमित रुपमा प्रोटिन पाउडर लिँदा शरीरमा अन्य भिटामिन तथा मिनरल्सको कमी हुने जस्ता समस्या पनि देखिन सक्छन् । किनकी यसको सेवनले भोक कम लाग्छ जसले गर्दा मानिसले अन्य खानेकुरा खाँदैन । जसले गर्दा शरीरमा पोषक तत्वहरुको कमी हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved