खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता

नेपालभ्युज

खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता

चितवन। पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फणिमाया अधिकारी रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमाया श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरू आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरूलाई नदीले बगाएको थियो ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved