एजेन्सी । तपाईंले घरमा ठूला बडाले भनेको सुन्नुभएको होला कराही, डाडु लगायतका भाँडा चाटेमा बिवाहमा पानी पर्छ ।
यस्तोमा तपाईंलाई के यो कुरा साँचो त होइन जस्तो लाग्छ पनि होला । त्यसैले आज जानौं यसका पछाडिको वास्तविकता के छ भनेर ।
कहिलेकाँही हतार भएको बेला हामीले कराही मै खान थाल्छौं जसलाई देखेपछि ठूलाबडाले गाली पनि गर्नुहुन्छ । यसका पछाडि केही कारण जोडिएको छ ।
त्यतिबेला जुठो खानुलाई पनि एकदमै कडा रुपमा पालना गरिन्थ्यो त्यसैले पनि पकाउने भाँडामा खाँदा जुठो हुन्छ भन्ने मान्यता हुन्थ्यो ।
पुरानो समयमा मानिसहरु कुनै पनि चीजको प्रयोग जुन कामका लागि बनेको छ त्यसैका लागि मात्रै गर्दथे । त्यसैले पकाउनका लागि प्रयोग गरिने भाँडोमा खाने वा त्यसलाई चाट्नु भनेको अशिष्टतासँग जोडेर हेर्ने गरिन्थ्यो ।
यस्ता नियमको पालना गर्नका लागि मानिसले सजिलै मान्दैनन् भनेर केही यस्तो मिथक जोडेर भनिदिन्थे । जस्तै पकाएको भाँडोमा खाँदा विवाहमा पानी पर्छ । यस्तो कुराले मानिस डरले त्यो काम गर्दैनथे जो ठूलाबडाले भनेका हुन्थे ।
Facebook Comment
Comment