डोपिङ प्रकरण : पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि

नेपालभ्युज

डोपिङ प्रकरण : पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि

रोम । युभेन्टस र फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि भएको छ । सन् २०१८ को विश्वकप विजेता म्यानचेस्टर युनाइटेडका ३० वर्षीय पूर्व खेलाडीलाई चार वर्षको प्रतिबन्ध लगाइएको छ ।

इटालियन एन्टी डोपिङ एजेन्सी (नाडो) द्वारा मूल परीक्षणले नमूनामा ‘टेस्टोस्टेरोन मेटाबोलाइट्स’को उपस्थिति देखाएको थियो । शुक्रबार पोग्बाले बिहीबार गरिएको आफ्नो ‘बी’ स्याम्पलको विश्लेषणले पनि टेस्टोस्टेरोनको मिश्रण भेटिएको आफूले थाहा पाएको बताए ।

खेलाडीको टोलीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । विश्व एन्टी डोपिङ संहिताअनुसार पोग्बालाई चार वर्षको निलम्बन गर्न सकिन्छ । तर, यदि उनले आफ्नो गल्ती नभएको प्रमाणित गरेमा त्यसलाई आधा घटाउन सकिन्छ ।

यदि उक्त पदार्थको प्रयोग ‘प्रतिस्पर्धाबाट बाहिर र उसको प्रदर्शनको स्तरसँग सम्बन्धित छैन’ भने प्रतिबन्ध केही महिनाका लागि पनि सीमित हुन सक्छ ।

पोग्बाका प्रतिनिधिहरूले गत महिना टेस्टोस्टेरोन संयुक्त राज्य अमेरिकामा परामर्श लिएका एक चिकित्सकले सिफारिस गरेको फुड सप्लिमेन्टबाट आएको बताएका थिए । टेस्टोस्टेरोनले मांसपेशीको विकासलाई बढावा दिन्छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved