काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताएका हुन् ।
उनले विद्यालयमा पढिरसकेर त्रिभुवन विश्वविद्यालयतिर भन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने स्थिति अन्त्य हुनुपर्ने पनि बताए । थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको पनि बताए ।
बृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको उनको भनाइ थियो । शिक्षण पेशालाई आकर्षक र मर्यादित बनाउनु पर्नेमा उनले जोड दिए ।
Facebook Comment
Comment