‘ब्लु जोन डाइट’ अपनाउनुहोस्, लामो समय बाँच्नुहोस

नेपालभ्युज

‘ब्लु जोन डाइट’ अपनाउनुहोस्, लामो समय बाँच्नुहोस

एजेन्सी । हिजोआज विभिन्न किसिमका तौल कम गर्ने डाइट सामाजिक संजालमा ट्रेन्ड भइरहेका हुन्छन् । यसैमध्ये एउटा ब्लु जोन डाइट पनि हो । खासगरी यस डाइटको सहयोगले तौल घटाउनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

मिडिया रिपोर्टअनुसार ब्लु जोन डाइटलाई अपनाउने व्यक्तिमा मुटुसँग जोडिएका रोगको खतरा एकदमै कम भएको पाइएको छ । आउनुहोस् जानौं आखिर ब्लु जोन डाइट के हो र यसका फाइदा कस्ता छन् ?

ब्लु जोन डाइट के हो ?

एक अध्ययनमा पाइएको छ कि ब्लु जोन अन्तरगतको स्थानमा बसोबास गर्ने व्यक्तिहरु लामो समयसम्म बाँच्छन् । यहाँका मानिस यस्तो डाइटको सेवन गर्छन्, जसले उनीहरुलाई स्वस्थ बनाउँछ । यही व्यक्तिको दैनिक आहारलाई नै ब्लु जोन डाइटको रुपमा चिनिन्छ ।

तरकारी जरुरी

ब्लु जोन डाइटभित्र हरियो तरकारीलाई अहम् मानिन्छ । यस डाइटमा ९५ प्रतिशत तरकारी, फल तथा अनाज समावेश गरिन्छ । ब्लु जोनमा बस्ने व्यक्तिले मासु, दुग्धजन्य पदार्थ, चिनी जस्ता चीजको सेवन गर्दैनन् ।

सिमी

मिडिया रिपोर्टअनुसार ब्लु जोनमा बस्ने व्यक्तिहरु नियमित रुपमा सिमीको सेवन गर्छन् । यस्तो सिमीमा प्रोटिन तथा फाइबर भरपूर मात्रामा पाइन्छ साथमा यसमा सुगर र फ्याटको मात्रा एकदमै थोरै हुने गर्छ ।

यस्तो रोगबाट बचिन्छ

ब्लु जोन डाइटमा खाने सिमीमा प्रोटिन हुन्छ, जसले तौललाई नियन्त्रित राख्ने तथा मांसपेशी बलियो बनाउन सहयोग गर्छ । यसको सहयोगबाट उच्च रक्तचाप, डाइजेस्टिव डिस्टेस, डिमेन्सिया, मधुमेह तथा डिप्रेशन जस्ता गम्भीर समस्याको खतरा कम हुन्छ ।

त्यस्तै ब्लु जोन डाइटमा सिमी किन आवस्यक छ भने, यसमा पोलीफेनोल नामको एउटा शक्तिशाली एन्टीअक्सीडेन्ट पाइन्छ । यसले स्वास्थ्यलाई सही राख्न र उमेर बढाउनमा सहयोग गर्छ ।

त्यसैले तपाईं पनि निरोगी तथा लामो आयु बाँच्न चाहनुहुन्छ भने ब्लु जोन डाइट आजैदेखि अपनाउन सक्नुहुन्छ । यसले तपाईंलाई स्वस्थ बनाउनका साथै मोटोपन घटाउन पनि सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved