बिनासन्दर्भ बैठक बोलाएकोमा सांसद गैरे असन्तुष्ट

नेपालभ्युज

बिनासन्दर्भ बैठक बोलाएकोमा सांसद गैरे असन्तुष्ट

काठमाडौं । बिनासन्दर्भ संसद बैठक बोलाएको भन्दै नेकपा एमालेका सांसद ठाकुर गैरेले असन्तुष्टि व्यक्त गरेका छन् । उनले बिजनेशबिनानै बैठक बोलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिहीबार संसद बैठकमा बोल्दै उनले भने–बिनाबिजनेशको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन ।’

बिहीबारको संसद बैठकमा विभिन्न सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved