विराट कोहलीले खोले अर्को रेस्टुरेन्ट

नेपालभ्युज

विराट कोहलीले खोले अर्को रेस्टुरेन्ट

एजेन्सी । भारतका सबैभन्दा लोकप्रिय क्रिकेटर विराट कोहलीले गुरुग्राममा एउटा नयाँ रेष्टुरेन्ट खोलेका छन् । विराटका भारतमा मात्र नभएर संसारभर प्रसशंक छन् ।

विराटको यो पहिलो रेस्टुरेन्ट भने होइन । यो उनको ७औं आउटलेट हो । उनले गुरुग्राममा One8 Commune नामबाट नै रेस्टुरेन्टको सुरुआत गरेका छन् । यसअघि विराटका दिल्ली एरोसिटीमा रेस्टुरेन्ट थियो । उनको रेस्टुरेन्टमा एकदमै स्वादिष्ट खाना पाइन्छ । तर यो केही महंगो भने छ ।

विराटको रेस्टुरेन्टका केही विशेष तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् । यो गुरुग्रामको एम ३ एम इन्टरनेशनल फाइनान्स सेन्टरमा रहेको छ । ग्राहकको स्वादलाई ध्यान राखेर यस रेस्टुरेन्टमा ४० फरक-फरक देशका खाना बनाइन्छ ।

यो रेस्टुरेन्ट विराट कोहलीका फ्यानका लागि विशेष पनि हुनेछ । किनकी यस रेस्टुरेन्टमा कयौं परिकार विराट स्पेशल पनि हुनेछन् । विराट अहिले विश्वकपमा व्यस्त छन् । यस्तोमा उनको यो रेस्टुरेन्टको ओपनिंगमा उनका भाई विकास कोहली उपस्थित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved