नेपाल बैंकको कामु सीइओमा समता पन्त नियुक्त 

नेपालभ्युज

नेपाल बैंकको कामु सीइओमा समता पन्त नियुक्त 
काठमाडौँ । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् । असोज १४ गते बसेको बैंकका सञ्चालक समितिको बैठकले पन्तलाई कामु सीइओमा नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सीईओको रूपमा ४ वर्षे कार्यकाल सकाएसँगै उनी औपचारिक रूपमा बाहिरिए ।
त्यसपश्चात् सञ्चालक टिमले पन्तलाई कामु सीइओको जिम्मेवारी दिएका हुन् । बैंकले असोज १५ गतेदेखि नै लागु हुने गरी पन्तलाई कामु कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved