सर्वोच्चमा ढलेकी भारतीलाई वीर अस्पताल लगियो

नेपालभ्युज

सर्वोच्चमा ढलेकी भारतीलाई वीर अस्पताल लगियो

काठमाडौं । आफ्ना श्रीमान चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिएको विरोधमा रिले अनसन सुरु गरेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेकी छन् ।

आममाफीविरुद्ध दायर गरेको रिटको तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई रिले अनसन समेत थालेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved