काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै उनले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताए ।
डा.वाग्लले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताए । उनले ३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताए ।
डा.वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारिताबारे बनाएको कार्ययोजनाको कार्यप्रगति समितिलाई दिने काम गरे ।
उनले भारतका मधेस प्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँ दिएर पठाएका भारतीय पर्यटकहरु हवाई उडानमार्फत आइरहेको बताए । उनले नेपालमा भारतमा चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको बताए ।
Facebook Comment
Comment