ड्रागन फ्रुटबाट पाउनुहोस् बेदाग तथा चम्किलो छाला

नेपालभ्युज

ड्रागन फ्रुटबाट पाउनुहोस् बेदाग तथा चम्किलो छाला

एजेन्सी । ड्रागन फ्रुट हेर्दा अन्य फलफूलहरु भन्दा एकदमै फरक हुन्छ । यो फल स्वादिष्ट हुनुका साथसाथै कैयौं गुणहरुले भरपूर पनि हुन्छ ।

यस फलमा भिटामिन सी, आइरन तथा क्याल्सियम जस्ता एकदमै महत्वपूर्ण न्यूट्रियन्ट्सहरु पाइन्छन् । ड्रागन फ्रुटमा क्यालोरीको मात्रा पनि कम हुन्छ जसले गर्दा तपाईंको तौल घट्न पनि सहयोग गर्छ ।

ड्रागन फ्रुटले शरीरको इम्युनिटी बढाउँछ, बाथको दुखाईबाट पनि राहत दिन्छ र एनीमिया आदि समस्याहरुबाट बचाउँछ । यो फल छालाका लागि पनि एकदमै राम्रो हुन्छ ।

ड्रागन फ्रुटको सहयोगले दागधब्बा र अनईवन छालाको टोनबाट बचाउ गर्न सकिन्छ । यस फलमा एन्टीइन्फ्लामेटरी तत्व हुन्छ जसले छाला रातो हुने समस्यालाई कम गरेर छाला कोमल तथा चम्किलो बनाउँछ ।

यसमा भित्रैदेखि हाइड्रेटिङ गुण पाइन्छ जसले छालालाई मोइस्चराइज गर्छ । यस फलको प्रयोग गर्नाले छाला सधैं हाइड रहन्छ र अनुहारमा प्राकृतिक चमक आउँछ । साथमा यसमा राम्रो मात्रामा भिटामिन सी पनि हुन्छ जसले छालालाई ड्यामेज हुनबाट जोगाउँछ र सधैं जवान बनाइराख्न सहयोग गर्छ । त्यस्तै उमेरसँगै आउने चाउरीपन तथा दागधब्बाहरु पनि कम हुन्छ ।

यो फलले शरीरमा कोलेजनको उत्पादन बढाउँछ जसले गर्दा छाला स्वस्थ र चम्किलो बन्दै जान्छ । यसले छालाका मरेका कोषिकाहरुलाई हटाएर छालामा ताजगी ल्याउँछ ।

प्रयोग गर्ने तरिका

ड्रागन फ्रुटको प्रयोग तपाईं फेसप्याक जसरी पनि गर्न सक्नुहुन्छ । यसका लागि फललाई पिसेर पेस्ट बनाउनुहोस् । अब यस पेस्टमा थोरै बेसन, गुलाब जल र काँचो दुध मिसाएर उक्त प्याकलाई अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् ।

यसलाई २० मिनेटजति छालामा राखेपछि सफा पानीले धुनुहोस् । धुनेबेला मसाज गर्दै धुन पनि सकिन्छ । यसलाई हप्तामा एकपटक प्रयोग गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved