यी तरिका अपनाउँदा स्मरण शक्ति हुनेछ तेज

नेपालभ्युज

यी तरिका अपनाउँदा स्मरण शक्ति हुनेछ तेज

एजेन्सी । स्मरण शक्तिले नै मानिसलाई समाजमा पहिचान बनाउँछ । आउनुहोस् स्मरण शक्ति बढाउनका लागि के गर्नुपर्छ जानौं ।

– स्मरण शक्ति तेज हुँदा व्यक्तिलाई हरेक कुरा राम्रोसँग सम्झना रहन्छ । यसले व्यक्तिको करिअरमा पनि सफलता प्राप्त हुन्छ ।

– दिमागलाई तेज बनाउनका लागि भरिपूर्ण पोषक तत्त्वहरू भएका खानेकुराहरू सेवन गर्नुपर्दछ । यसमा हरियो साग, तरकारी बाहेक एन्टिअक्सिडेन्ट तथा ओमेगा ३ ले भरपूर खाद्य पदार्थहरूको सेवन गर्नुपर्दछ ।

– पर्याप्त निद्रा लिँदा शरीर स्वस्थ रहन्छ । यसले दिमाग तेजिलो पनि बनाउँछ । दैनिक कम्तीमा ७ देखि ८ घण्टा गहिरो निद्रा लिनुपर्छ ।

– धुम्रपान गर्नाले पनि शरीरमा नकारात्मक प्रभाव पर्छ । यसले दिमाग सही ढंगले काम गर्न बन्छ गर्छ । स्मरण शक्तिलाई बढाउनका लागि धुम्रपान सेवन गर्नु हुँदैन ।

– जंक फुड तथा फास्टफुडहरूको पनि सेवन गर्नु हुँदैन । यसले शरीरलाई त बेफाइदा गर्छ नै साथमा दिमागका लागि पनि यो एकदमै नराम्रो हुन्छ । तपाईंले सुन्नुभएको होला कोही पनि सफल व्यक्तिले आफ्नो दैनिक खानपानमा यस्ता खानेकुराहरु खाने गर्छन् । उनीहरुसँग ताजा तथा स्वस्थ खानेकुरा खानेबारे नै कुरा गरिरहेका हुन्छन् ।

– दैनिक रूपमा मेडिटेसन गर्नाले पनि शरीर स्वस्थ रहन्छ । साथमा यसले तनाव कम गर्छ जसले गर्दा दिमागले पनि राम्रोसँग काम गर्न थाल्छ । मन तथा दिमागमा एकाग्रता ल्याउँछ जसले गर्दा स्मरण शक्ति पनि राम्रो हुँदै जान्छ ।

– म्याग्नेसियम भएका खानेकुराहरूको सेवनले पनि दिमागलाई तेजिलो बनाउन सकिन्छ । यसमा नट्स, सोयाबिन तथा दूधलाई सामेल गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved