लामो कपालका लागि यसरी लगाउनुहोस् अन्डा र एलोवेरा

नेपालभ्युज

लामो कपालका लागि यसरी लगाउनुहोस् अन्डा र एलोवेरा

एजेन्सी । प्रायः सबैलाई लामो तथा बाक्लो कपाल नै मन पर्छ । यदि छैन भने लामो र बाक्लो बनाउने कोसिस सबैले गरिरहेका हुन्छन् ।

आउनुहोस् जानौं कपालमा अन्डा र एलोवेरा लगाएर कस्तो समस्या कम हुन्छ ?

अन्डा र एलोवेरा

अन्डामा भिटामिन ए, ई, बी ५ र एलोवेरामा भिटामिन्स तथा एमिनो एसिड हुन्छ । यी दुवै कपालमा लगाउनु राम्रो मानिन्छ ।

प्याक बनाउने तरिका

एक कप एलोवेरा जेलमा अन्डा र जैतुनको तेल मिसाएर घोल्ने । राम्रो नतिजा प्राप्त गर्नका लागि यसलाई हप्तामा एकदेखि दुईपटक सम्म अवश्य लगाउनुहोस् ।

त्यस्तै अन्डा र एलोवेरा मिसाएर हेयर प्याक तयार गर्ने र कपालमा यो मिश्रणलाई लगाउँदा कपालमा चमक आउन थाल्छ ।

स्काल्प इन्फेक्शनबाट बच्नका लागि पनि अन्डा र एलोवेरा प्याकको प्रयोग गर्न सकिन्छ । एलोवेराले कपालमा हानिकारक ब्याक्टेरियाहरुबाट बचाउन सहयोग गर्छ ।

एलोवेरामा एलोनिन नामक कम्पाउन्ड पाइन्छ जसले कपालको विकासमा सहयोग गर्छ । अन्डा र एलोवेराको मिश्रण लगाउँदा कपाल बाक्लो हुन थाल्छ ।

यदी तपाईंको कपाल रुखो तथा सुख्खा छ भने अन्डा र एलोवेराको प्याक लगाउनु पर्दछ । यसले कपाल मुलायम हुन थाल्छ र त्यसमा पर्याप्त पोषण पुग्छ ।

हिजोआज प्रदुषणको कारणले पनि कपालमा धुलोको कणहरु जम्मा हुन थाल्छ । यसबाट बच्नका लागि अन्डा एलोवेराको मिश्रण लगाउनु पर्दछ ।

हप्तामा दुईपटक जति अन्डा र एलोवेराको मिश्रण कपालमा लगाउँदा कपाल झर्न बन्द हुन थाल्छ । यसबाहेक कपाल बाक्लो पनि हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved