काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर नेपालसहित विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । उनका अनुसार आयोगलाई सुन तस्करीको छानबिन तथा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।
आचार्य नेतृत्वको समितिमा राजस्व अनुसन्धान विभागका पूर्व महानिर्देक किशोरजंग कार्की, पूर्व सहसचिव प्रेमराज जोशी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक सहकुल थापा सदस्य रहेका छन् ।
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता भएलगत्तै सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरूबीच सहमति जुटेको हो ।
Facebook Comment
Comment