शास्त्रअनुसार चाँदीका पाउजु लगाउँदा हुन्छन् यस्ता फाइदा

नेपालभ्युज

शास्त्रअनुसार चाँदीका पाउजु लगाउँदा हुन्छन् यस्ता फाइदा

एजेन्सी। महिलाले आफ्नो श्रृंगार पूरा गर्नका लागि खुट्टामा चाँदीका पाउजु लगाउने गर्छन् । तर तपाईंलाई थाहा छ, पाउजु लगाउँदा कयौं ज्योतिषीय लाभ पनि प्राप्त हुन्छन् ।

आउनुहोस् यसबारेमा विशेषज्ञ ज्योतिषबाट जानौं ।

-चाँदीलाई चन्द्रमाको धातु मानिन्छ जो हाम्रो मानसिक शक्ति बढाउनका लागि सहयोग गर्छ । साथमा नकारात्मक ऊर्जालाई पनि कम गर्छ ।

– चाँदीको पाउजु लगाउँदा शरीरको सबै प्रकारको नकारात्मक शक्ति टाढा रहन्छ । साथमा शरीरमा सकारात्मक ऊर्जा पनि बनिरहन्छ ।

– वास्तुअनुसार घरमा पाउजु लगाएर हिँडडुल गर्दा आउने आवाजले नकारात्मक ऊर्जा तथा शक्ति पनि टाढा भाग्छन् ।
– ज्योतिषशास्त्रअनुसार चाँदीको पाउजुले घरमा सुख र समृद्धि बनिरहन्छ ।

– खुट्टामा जहाँनेर पाउजु लगाइन्छ त्यसमा केतुको स्थान भएको मानिन्छ । केतुमा शीतलता नहुँदा त्यो सधैं नकारात्मक सोंच तथा झगडाको कारण बन्न सक्छ । त्यसैले त्यसलाई शितल बनाउनका लागि चाँदीको धातु लगाइन्छ ।

-त्यस्तै चाँदीले सहनशीलता बढाउने काम गर्छ । साथमा चाँदीलाई उपचार तथा प्रेमको धातु पनि मानिन्छ ।

– चाँदीको गरगहनाले वैवाहिक जीवनमा प्रेम बढ्छ । यसबाहेक धैर्य, दृढता, जीवनमा सन्तुलन तथा सुरक्षा प्रदान गर्नका लागि पनि चाँदीलाई राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved