रक्तचाप कम गर्न बिहान खाली पेट पिउनुहोस् यी जुस

नेपालभ्युज

रक्तचाप कम गर्न बिहान खाली पेट पिउनुहोस् यी जुस

एजेन्सी । रक्तचाप बढ्नु भनेको मुटु सम्बन्धी समस्याहरुको कारण बन्न सक्छ । त्यसैले केही स्वस्थ जुसहरु पिएर तपाईं रक्तचापलाई कम गर्न सक्नुहुन्छ । यस्तो जुसहरु घरमै बनाएर पनि पिउन सकिन्छ ।

अनारको जुस
रक्तचाप घटाउनका लागि तपाईं खाली पेट बिहान अनारको जुस पिउन सक्नुहुन्छ । यसमा मिल्ने पोषक तत्वहरु जस्तै फोलेट तथा भिटामिन सी आदिले रक्तचापलाई घटाउन सहयोग गर्छ ।

बेरी जुस
रक्तचाप घटाउनका लागि तपाईं बेरीहरुको जुस पनि पिउन सक्नुहुन्छ । यसलाई पिउनाले रक्तचाप कम हुनुका साथै कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ । यसका लागि तपाईं कार्नबेरी तथा चेरीको जुस पिउन सक्नुहुन्छ ।

चुकन्दरको जुस
चुकन्दरको जुस छालासँगै रक्तचाप घटाउन पनि एकदमै लाभदायक हुन्छ । यसमा नाइट्रेट  पाइन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यसका लागि तपाईं बिहान खालीपेट चुकन्दरको जुस पिउन सक्नुहुन्छ ।

फर्सीको जुस
फर्सीको जुस पनि रक्तचाप कम गर्नका लागि एकदमै राम्रो मानिन्छ । यसमा पोटाशियमको मात्रा हुन्छ जसले रक्तचाप घटाउन सहयोग गर्छ । यसले कोलेस्ट्रोल घटाउन पनि एकदमै प्रभावी हुन्छ ।

टमाटरको जुस
रक्तचापको समस्यामा तपाईं बिहान खालीपेट टमाटरको जुस पनि पिउन सक्नुहुन्छ । यसलाई पिउँदा सिस्टोलिक र डायसिस्टोलिक रक्तचाप नियन्त्रित हुन्छ । यस्तोमा तपाईं जुसमा नुन नमिसाएरै सेवन गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved