अनुष्का र विराटले अर्को बच्चा जन्माउँदैछन् !

नेपालभ्युज

अनुष्का र विराटले अर्को बच्चा जन्माउँदैछन् !

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र श्रीमती अनुष्का शर्माको जोडी धेरैलाई मन पर्छ । दुवैले सन् २०२१ मा सामाजिक सञ्जालको माध्यमबाट आफ्नो गर्भावस्थाको बारेमा खुशीको खबर दिएका थिए ।

अहिले उनीहरुको पोष्ट एकपटक फेरि भाइरल भइरहेको छ, जसका अनुसार विराट र अनुष्का छिट्टै बुवाआमा बन्दैछन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार अनुष्का अहिले गर्भवती छन् । पछिल्लोपटक जसरी यसपटक पनि जोडीले गर्भावस्थाको कुरा लुकाएका छन् । रिपोर्टमा अुनष्काको दोस्रो ट्राइमेस्टर चलिरहेको समेत दाबी गरिएको छ ।

यस खबरका पछाडि पछिल्लो केही समयदेखि अनुष्कालाई सार्वजनिक स्थानमा नदेखिनुलाई मानिएको छ । प्रायः विराट कोहलीलाई समर्थन गर्न उनी रंगशाला पुग्ने गर्थिन् । तर अहिले केही समयदेखि उनी कुनै पनि खेलमा उपस्थित भएकी छैनन् ।

अनुष्का र विराटकी छोरी दुई वर्षकी भइसकेकी छन् । उनीहरु सन् २०२१ मा आमाबुवा बनेका थिए । उनीहरुको विवाह सन् २०१७ मा भएको थियो । त्यतिबेला पनि उनीहरुले खुशीको खबर ढिला दिएको भनेर ट्रोल गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved