प्रधानमन्त्रीले चीन भ्रमणमा राजनीतिक जोखिम लिन चाहानुभएन : सांसद झा

नेपालभ्युज

प्रधानमन्त्रीले चीन भ्रमणमा राजनीतिक जोखिम लिन चाहानुभएन : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम लिन नचाहेको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले भ्रमणमा क्रममा प्रधानमन्त्रीले  आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरु बढी उठाएको र राजनीतिक मुद्दाहरुमा अलि सजग भएको बताएका हुन् ।

उनले चीन भ्रमण औसत भन्दा सफल रहेको बताउँदै  भ्रमणलाई असफल भन्नु नहुने बताए ।  ‘यस पटकको भारत, चिन र अमेरिकाको भ्रमणको क्रममा एउटा समान रुपमा के कुरा देखिएको छ भने प्रधानमन्त्रीले आर्थिक र वातावरण सम्बन्धी मुद्दाहरु, भाइचारा, संस्कृति सम्बन्धी मुद्दाहरु धेरै उठाउनुभएको छ’ उनले भने, ‘सम्भवतः राजनीतिक रुपमा उहाँ कुनैपनि जोखिम लिन चाहानुहुन्न तसर्थ यस्तो सम्वेदनशील मुद्दा उठाउनुभएन भने  उहाँको स्वार्थ देखिन्छ ।’

उनले चीन भ्रमणको क्रममा नेपालको चुच्चे नक्शाको सन्दर्भमा कुरा नउठाएकोप्रति रास्वपाको प्रश्न रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved