दोलखाको लामाबगरबाट फेरि चार किलो सुन बरामद

ठूलो ढुंगामाथि झारले छोपेको अवस्थामा भेटिएको थियो सुन

नेपालभ्युज

दोलखाको लामाबगरबाट फेरि चार किलो सुन बरामद

काठमाडौं । दोलखाको सिंगटीबाट सुन बरामद भएको केही दिनपछि आइतबार नजिकैको लामाबगरबाट पनि चार किलो सुन बरामद भएको छ ।

दोलखा प्रहरीले चार किलो सुन बरामद गरेको हो ।

सुन तस्करी प्रकरणमा प्रहरीले खोजिरहेका अन्दाजी २७ वर्षीय अशोक मगरको घर नजिकै रहेको ठूलो ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा चार केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीले केही दिनअघि दोलखाबाटै ७ किलो सुन बरामद गरेको थियो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved