विधेयकमा शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको छ : शिक्षामन्त्री राई

नेपालभ्युज

विधेयकमा शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको छ : शिक्षामन्त्री राई

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा विधेयकमा शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्दै उनले विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने कुरा विधेयकमा समावेश गरिएको बताएका हुन् ।

उनले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भए पनि आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्नु नहुनेमा सरकार सचेत रहेको बताए ।

मन्त्री राईले ट्रेड युनियन अधिकारअन्तर्गत आफ्नो पेसागत हक हितका निम्ति शिक्षकहरू संगठित हुन पाउने शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको बताए । उनले शिक्षाको स्तरलाई माथि उठाउन राष्ट्रिय परीक्षा बोर्ड त्यसको स्वायत्ततामा कार्यरत कर्मचारीको पेसागत हकहित समेतलाई ध्यान दिनुपर्ने स्थिति रहेको बताए ।

पाठ्यक्रम विकासका सम्बन्धमा पाठ्यपुस्तक तर्जुमा गर्नुपर्नेमा पनि अहिलेको समसामयिक परिवर्तनलाई समेत आत्मसाथ गरेको पाठ्यपुस्तक तयार गर्नुपर्नेतर्फ विधेयकको ध्यान गएको शिक्षामन्त्री राईको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved