पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आज रातिदेखि लागू हुने

नेपालभ्युज

 पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आज रातिदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले फिर्ता भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि आज राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

सरकारले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी वृद्धि गरिएको मूल्य घटाइने जनाएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गराउने निर्णय गरेको थियो ।

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved