नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको लक्ष्य, रोहित र कुशलको उत्कृष्ट ब्याटिङ

टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ ‍रन बनायो ।  नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २७ बलमा ५२ र कुशल मल्लले २० बलमा ४७ रन बनाए ।

नेपाल भ्युज

नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको लक्ष्य, रोहित र कुशलको उत्कृष्ट ब्याटिङ

काठमाडौं । चीनमा चलिरहेको १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्धलाई १३  रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ ‍रन बनायो ।  नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २७ बलमा ५२ र कुशल मल्लले २० बलमा ४७ रन बनाए ।

कुशल भुर्तेल  र गुल्झन झाले  ३५/३५, विनोद भण्डारीले १६, सन्दीप जोराले ५, दीपेन्द्रसिंह एैरी र आशिफ शेखले ६.६ रन बनाए ।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध नेपालले ११ वटा विश्व कीर्तिमान बनाएको थियो ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलिरहेको छ । माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो ।

आज विजयी हुने टोली क्वार्टरफाइनलमा पुग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved