युनाइटेड,सिटी र लिभरपुल हारे,बर्नमाउथको पोष्टमा आर्सनलले ४ गोल हान्यो

नेपालभ्युज

युनाइटेड,सिटी र लिभरपुल हारे,बर्नमाउथको पोष्टमा आर्सनलले ४ गोल हान्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा गएराति भएका खेलमा तीन वटा ठूला क्लब पराजित भएका छन् ।

गएराति शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उल्भ्सले २-१ गोलले हरायो । म्यानचेस्टर युनाइटेडलाई क्रिस्टल प्यालेसले १-० गोलले पाखा लगायो ।

यस्तै लिभरपुल टोटनहमसँग २-१ गोलले पराजित भयो । लिभरपुलका एक जना खेलाडीले २६ औँ मिनेटमा र अर्का खेलाडीले ६९ मिनेटमा रातो कार्ड पाएपछि उ नौ जना खेलाडीमा सिमित थियो ।

लिगमा ७ खेलमा १८ अंकसहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । लिभरपुललाई पछि पार्दै टोटनमहम १७ अंकका साथ दोस्रो स्थानमा र १७ अंक नै भएको आर्सनल तेस्रो र १६ अंक भएको लिभरपुल चौथो स्थानमा छन् ।

म्यानचेस्टर युनाइटेड भने ९ अंकसहित दशौं स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved