बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५२ वर्षीय पक्राउ 

नेपालभ्युज

बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५२ वर्षीय पक्राउ 

काठमाडौं। बर्दिया– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीयलाई प्रहरीले पक्राउ गरेको छ।

बर्दियाको बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका–५ गोलाका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

दमाईले ती बालिकालाई विभिन्न समयमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै, मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved