‘आइएमई पे’मा सजिलै एसआइपी भुक्तानी गर्न सकिने

नेपालभ्युज

‘आइएमई पे’मा सजिलै एसआइपी भुक्तानी गर्न सकिने

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो एसआइपीको रकम  भुक्तानी गर्न सक्ने भएका छन् । एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटल को एन आइ सी एशिया डाइनामिक डेव्ट फन्ड तथा कुमारी क्यापिटलको  कुमारी सुनौलो लगानी योजना एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेसको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी  लोकप्रिय बन्दै आइरहेको छ । यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरूको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीण रेग्मी ले बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved