काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा ललितपुर सिटी फुटबल क्लबले अष्ट्रेलियाका एन्ड्रयू इयान गिलानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
शुक्रबार ललितपुरले गिलानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो। गिलानसँग विभिन्न अन्तर्राष्ट्रिय क्लबहरुको प्रशिक्षणको अनुभव रहेको छ।
गिलान एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
सन् २०१४ मा केडाह एफए मलेसियाको सहायक वरिष्ठ प्रशिक्षकको रुपमा काम गरेका छन्। सन् २०१५ मा उनले प्रशिक्षकसँगै सोही क्लबको प्राविधिक निर्देशकको जिम्मेवारी पनि सम्हाले। सन् २०१७ मा यू २१ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हाले।
सन् २०१७ मा फिलिपन्सको इलोकोस यूनाइटेड एफसीको मुख्य प्रशिक्षक र प्राविधिक निर्देशकको जिम्मेवारी सम्हाले। सन् २०१८ २०१९ मलेसियाको सरावक एफएमा मुख्य प्रशिक्षक र प्राविधिक निर्देशकको रुपमा पनि काम गरे।
सन् २०२० मा युवा विकास निर्देशकका रुपमा केडाह एफसीमा काम गरे। सन् २०२१-२०२३ को दौरानमा उनले इन्डोनेसियाको सी समारको प्राविधिक निर्देशक र मुख्य प्रशिक्षकको रुपमा काम गरे।
Facebook Comment
Comment