एजेन्सी । हरेक महिलाका लागि आमा बन्नु संसारको सबैभन्दा ठूलो सुख हो ।
आमा बनेपछि महिलाहरुको जीवन र जीवनशैलीसँगै उनीहरुको शरीरमा पनि धेरै परिवर्तन आउँछ । यस्तोमा उनीहरुलाई कैयौं ठूला तथा साना समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।
त्यसो त स्ट्रेच मार्क्स आउनु पनि आमा बनेका महिलाका लागि सामान्य कुरा नै हो । तर पनि कतिपय अवस्थामा महिलाहरुलाई यस्तो दागहरु मन नपर्न सक्छ । यस्तोमा यसलाई पूर्ण रुपमा हटाउन त त्यति सम्भव छैन । तर पनि केही घरेलु उपायहरुले पनि यस्तो दागहरुलाई बेलैमा उपचार गरेर कम गर्न सकिन्छ ।
एलोवेरा
छालाका लागि एलोवेरा एकदमै फाइदाजनक हुन्छ । यसका लागि एलोवेरा जेललाई निकालेर स्ट्रेच मार्क्समा लगाउनुहोस् र राम्रोसँग मसाज गर्नुहोस् । यसरी करीब आधा घण्टापछि मनतातो पानीले सफा गर्नुहोस् । दैनिक रुपमा एलोवेराको प्रयोग गर्न सकिन्छ ।
कोकोआ बटर
स्ट्रेच माक्र्सबाट छुट्कारा पाउनका लागि कोकोआ बटरको प्रयोग पनि एकदमै राम्रो हुन्छ । तपाईं यसलाई रातको समयमा प्रयोग गर्न सक्नुहुन्छ, कोकोआ बटरले मालिस गर्नाले स्ट्रेच मार्क्सबाट बच्न सकिन्छ ।
काँक्रा र कागती
नयाँ आमाहरुले यस्ता दागहरु हटाउनका लागि काँक्रा र कागतीको रसको प्रयोग गर्नुपर्दछ । यो मिश्रणलाई बराबर मात्रामा मिसाएर प्रभावित क्षेत्रमा लगाएर मसाज गर्नुहोस् । यसलाई १५ मिनेट यसरी राखेपछि धुनुहोस् ।
बदाम र नरिवल
बदाम र नरिवलको तेललाई मिसाएर स्ट्रेच मार्क्स भएको स्थानमा मसाज गर्नाले पनि फाइदा हुन्छ । यसरी दैनिक रुपमा प्रभावित क्षेत्रमामसाज गर्न सकिन्छ ।
विभिन्न तेलहरुले मालिस गर्दा पनि यस्ता दागहरु कम गर्न सकिन्छ । विशेषगरी गर्भवती भएकै अवस्थामा हल्का रुपमा पेट तथा खुट्टाहरुमा तेल मालिस गर्दा पछि धेरै दागहरु आउँदैन । त्यसैले पहिलेदेखि नै ख्याल गर्नुभयो भने छाला सधैं सुन्दर र कोमल हुन्छ ।
Facebook Comment
Comment