आर्थिक चहलपहल बढाउन अन्तर्राष्ट्रिय विमानस्थल विराटनगरमा बनाउनुपर्ने माग

नेपालभ्युज

आर्थिक चहलपहल बढाउन अन्तर्राष्ट्रिय विमानस्थल विराटनगरमा बनाउनुपर्ने माग

विराटनगर। कोसी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण भए प्रदेशको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल बन्न सके पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताएका हुन् ।

नेपाल पर्यटन फेडरेसनका अध्यक्ष रेवतबहादुर थापाले समग्र प्रदेशको उन्नतिका लागि प्रदेश राजधानी विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय विमानस्थल भए विदेशी पर्यटकको आगमन बढ्ने र त्यसले प्रदेशमा आर्थिक गतिविधि पनि वृद्धि हुने भन्दै थापाले पर्यटकीय क्षेत्रका बासिन्दा र पर्यटन व्यवसायी पनि लाभान्वित हुने बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल हुँदा भारत, भुटान, भियतनाम, म्यानमार, बंगलादेश, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया, लाओस, चीनको ग्वाङचाउ लगायतका स्थानको यात्रा नजिक सहज हुने सहभागीहरूको भनाइ रहेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved