दीपेन्द्रको त्यो कीर्तिमान कहिल्यै कसैले तोड्न सक्ला ?

क्रिकेटको अहिलेकै स्वरूप कायम रहेसम्म दीपेन्द्रको यो कीर्तिमान तोडिन लगभग असम्भव छ । क्रिकेटमा सामान्यत: एक बलमा अधिकतम छक्का हुन्छ । कसैले लगातार ८ छक्का हान्दा पनि ४८ रन मात्रै हुनेछ । तर, एउटा संयोग मिल्यो भने यो तोडिन पनि सक्नेछ ।

नेपालभ्युज

दीपेन्द्रको त्यो कीर्तिमान कहिल्यै कसैले तोड्न सक्ला ?

काठमाडौं । भनिन्छ, कीर्तिमानहरू तोडिनका लागि अथवा भंग हुनका लागि नै बन्छन् । अहिलेसम्म यस्तै देखिएको पनि छ । हिजो बनेका कीर्तिमान आज भंग भइरहेका छन् । आज बनेका कीर्तिमान केही दिन अथवा केही वर्षमा तोडिनेछन् । तर, नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीले बनाएको एउटा कीर्तिमान भने तोडिन लगभग असम्भव देखिएको छ ।

एसियाली खेलकुदमा बुधबार मंगोलियाविरुद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक प्रहार गरे । यसअघि, यो कीर्तिमान १२ बलमा अर्धशतकको थियो । दीपेन्द्रले ८ वटा छक्का र दुई रन लिएर अर्धशतक पूरा गरेका थिए । उनले लगातार ६ छक्का पनि प्रहार गरे ।

क्रिकेटको अहिलेकै स्वरूप कायम रहेसम्म दीपेन्द्रको यो कीर्तिमान तोडिन लगभग असम्भव छ । बराबरी भने हुन सक्नेछ । क्रिकेटमा सामान्यत: एक बलमा अधिकतम छक्का हुन्छ । कसैले लगातार ८ छक्का हान्दा पनि ४८ रन मात्रै हुनेछ । त्यसैले, ९ बलमा अर्धशतक बनाउन मात्रै सम्भव हुनेछ । दीपेन्द्रको कीर्तिमान तोड्न ८ बलमै अर्धशतक बनाउनुपर्नेछ । जुन लगभग असम्भव छ ।

यही कारण पनि हुन सक्छ कि, दीपेन्द्रको यो कीर्तिमानको अहिले विश्वभरि नै चर्चा भइरहेको छ । अन्तराष्ट्रिय क्रिकेटमा अदभूत कारनामा गरेको भन्दै सबैतिरबाट दीपेन्द्रको प्रशंसा पनि भइरहेको छ ।

यो कीर्तिमान भंग हुने झिनो नै भए पनि एउटा सम्भावना भने छ । जुन सहज भने छैन । यदि, कुनै क्रिकेटरले ६ वटा छक्का हानेपछि बाँकी दुई बलमा ओभर थ्रोमा चौका र दौडेर ३ रनका दरले बटुल्न सकेमा मात्रै यो कीर्तिमान तोडिनेछ ।

सामान्यत: ओभर थ्रोमा चौका जाने र बल बाउन्ड्री लाइनमा नपुग्दै दौडिएर थप तीन रन लिन लगभग असम्भव हुन्छ । त्यो पनि ८ मध्ये दुई बलमा त्यस्तो सिक्वेन्स मिल्नुपर्नेछ । त्यसैले, दीपेन्द्रको यो कीर्तिमानको बराबरी गर्ने कोही क्रिकेटर आउन सक्नेछ तर, तोड्न भने असम्भव नै हुनेछ ।

सुरुवाती बलबाटै लगातार छक्का हानिरहन नै असम्भव हुने अहिलेको क्रिकेटमा ६ छक्का र बाँकी दुई बलमा ७ रनको दरले बटुल्न सक्नु काल्पनिक हो । त्यसैले, दीपेन्द्रको यो कीर्तिमान अजेय जस्तै बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved