अब दैनिक २० किलो सुन आयात गर्न पाईने

नेपालभ्युज

अब दैनिक २० किलो सुन आयात गर्न पाईने

काठमाडौं । अब वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् ।

विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण १० किलोबाट २० किलो बनाएको हो ।

हाल दैनिक १० किलोसम्म मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा अब राष्ट्र बैंकले तोकेको दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरुले सुन आयात गर्न सक्नेछन् ।

नजिकिँदो चाडपर्वमा दैनिक १० किलोको कोटाले सुनको माग धान्न नसकिने भन्दै व्यवसायीहरुले आयातको कोटा बढाउन माग गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved