एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहालको उम्मेदवारी दर्ता

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यद्वय रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालको उम्मेदवारी परेको छ ।

नेपालभ्युज

एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहालको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यद्वय रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालको उम्मेदवारी परेको छ ।

जारी अधिवेशनको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन मण्डलका अनुसार भोलि ११ बजेदेखि मतदान हुनेछ ।

निर्वाचन मण्डलका संयोजक गुरु बरालले दाहाल र ढुंगेलबीच सहमति गराउन प्रयास गरेका थिए । उनीहरुबीच सहमति नभएपछि अध्यक्षका लागि पनि चुनाव हुने भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved