एसियाली खेलकुद

कुशल मल्लले ३४ बलमै शतक हानेर बनाए विश्व रेकर्ड

नेपालका कुशल मल्लले सबैभन्दा छिटो शतक हानेर विश्व रेकर्ड बनाएका छन् । कुशलले ३४ बलमै शतक प्रहार गरेका हुन  । यसअघि दक्षिण अफ्रिकाका डेविड मिलरले ३५ बलमा शतक हानेका थिए ।

नेपालभ्युज

कुशल मल्लले ३४ बलमै शतक हानेर बनाए विश्व रेकर्ड

काठमाडौं। नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँग खेलिरहेको छ ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय  गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले आक्रामक खेलिरहेको छ । नेपालका कुशल मल्लले सबैभन्दा छिटो शतक हानेर रेकर्ड बनाएका छन् । कुशलले ३४ बलमै शतक प्रहार गरेका हुन  ।

यसअघि दक्षिण अफ्रिकाका डेविड मिलरले ३५ बलमा शतक हानेका थिए । यस्तै भारतका रोहित शर्मा, र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved