शास्त्रअनुसार दक्षिण दिशामा खुट्टा राखेर किन सुत्नु हुँदैन ?

नेपालभ्युज

शास्त्रअनुसार दक्षिण दिशामा खुट्टा राखेर किन सुत्नु हुँदैन ?

एजेन्सी । वास्तु शास्त्रमा दिशाहरुको विशेष महत्व छ । शास्त्रमा घरदेखि लिएर खान तथा सुत्नका लागि पनि दिशाको बारेमा बताइएको छ ।

त्यसो त वैज्ञानिक रुपमा पनि सुत्ने दिशा तय हुन्छ । हामीमाथि पृथ्वीमा भएको चुम्बकीय शक्तिको असर पर्छ जसले गर्दा निश्चित दिशामा सुत्नुपर्छ ।

वास्तुशास्त्रअनुसार पनि गलत दिशामा खुट्टा राखेर सुत्दा जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ भनिएको छ । आउनुहोस् वास्तु विशेषज्ञले के भन्छन् यस बारेमा जानौं ।

  • वास्तुलाई मान्ने हो भने सुत्ने समयमा खुट्टा कहिल्यै पनि दक्षिण दिशातिर पार्नु हुँदैन । यस दिशामा खुट्टा राखेर सुत्नु अशुभ मानिन्छ ।
  • दक्षिण दिशालाई मंगलको दिशा मानिन्छ । त्यसैले दक्षिण दिशामा खुट्टा पारेर सुत्दा मंगल दोष लाग्ने मान्यता रहेको छ ।
  • दक्षिण दिशामा खुट्टा पारेर सुत्दा मनमा नकारात्मक विचार उत्पन्न हुन सक्छन् ।
  • दक्षिण दिशामा खुट्टा पारेर सुत्दा नराम्रा सपना पनि आउँछन् । यस दिशामा खुट्टा राखेर नियमित सुत्ने गर्दा मानिसको जीवनमा निराशा, आलस्य, भयको सञ्चार हुन्छ ।
  • दक्षिण दिशालाई यमदुत वा यमको दिशा पनि मानिन्छ । यस्तोमा यस दिशामा खुट्टा राखेर सुत्नु हुँदैन ।
  • दक्षिण दिशामा खुट्टा पारेर सुत्दा जीवनमा आर्थिक समस्या पनि आउने मान्यता छ । वास्तुअनुसार यस दिशामा खुट्टा पारेर सुत्दा रोगले पनि घेर्न थाल्छ ।
  • वास्तुअनुसार पूर्व दिशामा खुट्टा पारेर पनि सुत्नु हुँदैन । यस दिशामा सूर्य देव आउँछन् । यस दिशामा खुट्टा पारेर सुत्दा नकारात्मक असर पर्न सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved