यू–१९ विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’ मा

नेपालभ्युज

यू–१९ विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’ मा

काठमाडौं। आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’मा परेको छ ।

श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपमा नेपाल, पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्डसँगै समूह ‘डी’मा परेका हुन् ।

नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग पुस २८ (१३ जनवरी ) गते प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा पाकिस्तानसँग माघ ३ (१७ जनवरी) मा प्रतिस्पर्धा खेल्नेछ । माघ ६ (२० जनवरी) गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । गत फेब्रुअरी–मार्चमा आयोजना भएको छनोट प्रतियोगिता जितेर नेपालले यू–१९ विश्वकपको लागि स्थान पक्का गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved