सार्वजनिक भयो नेपाल-चीन संयुक्त विज्ञप्ती, बीआरआईमा नेपालको सहमति (पूर्णपाठसहित)

दुवै देशले एक अर्काको सार्वभौमसत्तालाई गरेको सम्मानको पनि प्रसंशा गरिएको छ ।  नेपालले स्वतन्त्र तिब्बतका गतिविधिमा लगाएको प्रतिबन्ध र एक चीन नीतिप्रति देखाएको सद्भावलाई चीनले धन्यवाद दिएको छ ।

नेपालभ्युज

सार्वजनिक भयो नेपाल-चीन संयुक्त विज्ञप्ती, बीआरआईमा नेपालको सहमति (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण तथा  नेपाल र चीनबीच भएको १३ बुँदे सहमतिबारे संयुक्त वक्तव्य सार्वजनिक भएको छ ।

प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितीमा भएको समझदारी तथा सहमतिलाई विस्तृतमा उल्लेख गर्दै संयुक्त वक्तव्य जारी  भएको हो ।

औपचारिक भ्रमण र सन्धी तथा सहमति भएपछि दुवै देशले संयुक्त विज्ञप्ति निकाल्ने चलन रहेको छ ।

वक्त्व्यमा दुई देशबीचको गहिरो सम्बन्धलाई यो भ्रमण र समझदारीले थप बलियो बनाएको उल्लेख छ । यस्तै, दुवै देशले एक अर्काको सार्वभौमसत्तालाई गरेको सम्मानको पनि प्रसंशा गरिएको छ ।  नेपालले स्वतन्त्र तिब्बतका गतिविधिमा लगाएको प्रतिबन्ध र एक चीन नीतिप्रति देखाएको सद्भावलाई चीनले धन्यवाद दिएको छ ।

यस्तै अहिलेसम्म भएका सन्धी सम्झौताको पालनामा पनि दुई देश दृढ रहेको उल्लेख छ । बेल्ट एन्ड रोड इनिसिएटिभस बीआरआईको माध्यमबाट दुवै देशले थप समृद्धि हासिल गर्न सक्ने भएकाले यसको द्रुत कार्यान्वयनमा पहल गर्न दुवै देश सहमत भएको पनि वक्तव्यमा उल्लेख छ ।

सन् २०१७ मा नेपालले बीआरआईमा सहभागि हुन एमओयू गरेको स्वीकार गर्दै यसको कार्यान्वयन योजनाको अन्तिम रूप दिन पनि दुवै देश सहमत भएका छन् ।

पूर्वाधार कनेक्टिभिटी, व्यापार, पर्यटन, उत्पादन क्षमता र लगानीलाई थप गहिरो र बलियो बनाउने तथा बन्दरगाह, सडक, रेलमार्ग जस्ता क्षेत्रमा सम्पर्क सुदृढ गर्न पक्षहरू सहमत भएका छन्।

हवाई मार्ग विस्तार र विद्युतीय ग्रिड निर्माणमा पनि दुवै देश एकमत भएका छन् । संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ-रसुवागढी-चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’

नेपालचीन संयुक्त विज्ञप्तीको पूर्णपाठ –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved