भारतले निकै ढिलो गरेर भिसा दिँदा विश्वकप खेल्ने पाकिस्तानी टोली तनावमा

यसअघि सोमबार दिउँसो पाकिस्तान क्रिकेट बोर्ड पीसीबीलेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति कडा असन्तुष्टि व्यक्त थियो ।

नेपालभ्युज

भारतले निकै ढिलो गरेर भिसा दिँदा विश्वकप खेल्ने पाकिस्तानी टोली तनावमा

एजेन्सी। एकदिवसीय विश्वकप खेल्न भारत जाने पाकिस्तानी खेलाडीले अन्तिम समयमा मात्रै भिसा पाएका छन् ।

पाकिस्तानी खेलाडी बुधबार यूएई हुँदै भारत जाने तालिका छ । तर उनीहरुले सोमबार राति मात्रै भिसा पाएका क्रिक इन्फोले जनाएको छ । ढिलो गरेर भिसा पाउँदा आफूहरुको अभ्यास प्रभावित भएर विश्वकपलाई नै असर पुग्ने पाकिस्तानी खेलाडीले बताएका छन् ।

P

पाकिस्तान बोर्डले यस विषयमा आईसीसीसँग सम्पर्कमा रहेको र गुनासोसहितको पत्र लेखेको जनाएको थियो । पत्रमा भनिएको थियो, ‘पाकिस्तान यस्तो असमान व्यवहार भएको एकमात्र टोली हो । भारतको यस्तो व्यवहार सह्य होइन ।’

इमेलमा पीसीबीले आईसीसीलाई विश्वव्यापी निकायले यो समस्या समाधान गर्न के कदम चाल्न चाहन्छ भनेर सोधेको थियो । पीसीबीले टोलीलाई यात्राका लागि समयमा भिसा उपलब्ध गराउन नसक्दा विश्वकप आयोजना गर्ने सम्झौताको उल्लङ्घन हो कि होइन भन्ने प्रश्न पनि उठाएको छ ।

पाकिस्तानले बुधवार बिहान दुबईका लागि उडान भर्ने छ, त्यहाँ ट्रान्जिटपछि बुधवार बेलुकी हैदराबादका लागि यात्रा गर्ने तालिका छ । पाकिस्तानले आफ्नो पहिलो अभ्यास खेल शुक्रवार हैदराबादमा न्युजिल्यान्डसँग खेल्दैछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved