नक्कली जिरा त खाइरहनुभएको छैन ? यसरी चिन्नुहोस्

नेपालभ्युज

नक्कली जिरा त खाइरहनुभएको छैन ? यसरी चिन्नुहोस्

एजेन्सी । बजारमा खानेकुरामा धेरै मिसावट भएको पाइन्छ । यसैमध्ये धेरै हामीले नचिनेर सेवन पनि गरिरहेका हुन्छौं ।

त्यस्तै बजारमा मसलाहरुमा पनि अत्यधिक मिसावट हुने गर्छ । जसमध्ये जिरा पनि एक नम्बरमा पर्छ । कतै तपाईं पनि नक्कली जिराको सेवन त गरिरहनु भएको छैन ? यदी तपाईं पनि जिरा चिन्न सक्नुहुन्न भने हामी तपाईंलाई नक्कली र असली जिरा कसरी चिन्ने भनेर आज बताउनेछौं ।

तपाईं जिरालाई लिएर हातमा मिचेर हेर्न सक्नुहुन्छ । यदी जिरा मिच्दाखेरी कुनै पनि परिवर्तन आउँदैन भने त्यो असली जिरा हो भनेर चिन्नुहोस् ।
तपाईं पानीको सहयोगले पनि जिरा नक्कली हो कि होइन भनेर चिन्न सक्नुहुन्छ ।

यसका लागि एक कचौरा पानीमा जिरा राख्नुहोस् । यदी जिराले रंग परिवर्तन गर्छ भने त्यो नक्कली जिरा हो । यदी रंग परिवर्तन हुँदैन भने त्यो असली जिरा हो ।
तपाईं जिराको वासनाले पनि चिन्न सक्नुहुन्छ । यदी जिरा असली छ भने त्यसको वासना आउँछ नक्कलीको वासना आउँदैन ।

हिजोआजा नक्कली जिरामा घाँसका फूलहरु आदिको मिसावट हुन थालेको छ । कतिपय कुचो बनाउने झारलाई पनि जिराको रुपमा मिसाएर बेच्ने गर्दछन् ।

त्यस्तै कतिपय जिरामा ढुंगा तथा स्लरीको पाउडर मिसाउने र छान्ने गर्छन् । यस्तोमा त्यो नक्कली जिरा हेर्दा पूर्ण रुपमा असली जस्तो देखिन्छ ।

त्यस्तै नक्कली जिराको सेवनले पेट दुख्ने तथा पत्थरी हुने जस्तो समस्या हुन सक्छ । यसका साथै विभिन्न संक्रमणहरुको खतरा पनि नक्कली जिराको सेवनले हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved