सीमा क्षेत्रमा हुने अवैध गतिविधि ठप्प पार्न गृहमन्त्रीको निर्देशन

नेपालभ्युज

सीमा क्षेत्रमा हुने अवैध गतिविधि ठप्प पार्न गृहमन्त्रीको निर्देशन
फाइल तस्वीर

विराटनगर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् ।

प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन पनि दिए ।

गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको सङ्घीयता अपरिहार्य भएकोमा जोड दिए ।

उनले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको भन्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved