के तपाईंलाई पनि आउँछ शरीरमा धेरै पसिना ? खानुहोस् यी खाना

नेपालभ्युज

के तपाईंलाई पनि आउँछ शरीरमा धेरै पसिना ? खानुहोस् यी खाना

एजेन्सी । शरीरबाट पसिना आउनु एउटा प्राकृतिक प्रक्रिया हो । तर, केही व्यक्तिहरूमा धेरै नै पसिना आउने समस्या हुन्छ । जसले गर्दा कहिलेकाँही समस्या पनि हुन्छ । कहिलेकाहीँ कुनै बैठक वा कार्यक्रममा जानुअघि तपाईंको कपडामा पसिना देखिन थाल्छ जो कतिपय अवस्थामा नसुहाउँदो र लाजमर्दो स्थिति देखिन्छ ।

सामान्यभन्दा धेरै पसिना आउने समस्यालाई हाइपरहाइड्रोसिस भनिन्छ । एक अध्ययनका अनुसार यस्तो कुरा पनि पत्ता लागेको छ कि केही भिटामिनहरूको कमीले गर्दा पनि कतिपय मानिसलाई धेरै पसिना आउने समस्या हुन्छ । यदि, तपाईं ती भिटामिनहरूको सेवन गर्न थाल्नुभयो भने धेरै पसिना आउने समस्याबाट राहत पाउन सक्नुहुन्छ ।

शरीरका लागि विभिन्न भिटामिनहरू आवश्यक हुन्छन् । जसमध्ये भिटामिन ‘बी’ कम्प्लेक्सले तपाईंको नर्वस सिस्टमको कार्यलाई राम्रो बनाउन सहयोग गर्छ । यसको सम्बन्ध मेटाबोलिज्म, शरीरको ऊर्जा तथा दिमागको सञ्चालनसँग हुन्छ । जब ब्रेनमा रगतको सञ्चार सही तरिकाले हुँदैन, त्यसपछि शरीरमा अत्यधिक पसिना आउन थाल्छ । यस्तो तपाईं भिटामिन ‘बी’ कम्प्लेक्स युक्त आहारलाई आफ्नो खानपानमा समावेश गर्नुपर्दछ । यसका लागि तपाईं अनाज, फलहरू, हरियो साग तरकारी, गेडागुडी, च्याउ तथा अमिलो फलहरूको सेवन गर्न सक्नुहुन्छ ।

शरीरमा भिटामिन ‘डी’को कमीले हुँदा पनि व्यक्तिलाई धेरै पसिना आउने समस्या हुन सक्छ । साथमा यसो हुँदा हड्डी कमजोर हुने, थकान तथा मांसपेशीहरूमा दुखाइ हुने समस्या हुन सक्छ । तपाईं यसका लागि माछा, पनीर, भिटामिन ‘डी’, च्याउहरूलाई खानपानमा समावेश गर्न सक्नुहुन्छ । यसका साथै सूर्यको रोशनीमा बसेर पनि तपाईं भिटामिन ‘डी’ प्राप्त गर्न सक्नुहुन्छ । यसका लागि तपाईं कम्तीमा नियमित ८ देखि ११ बजे बिहानको समयमा १५ मिनेट जति घाममा बस्नुहोस् ।

त्यस्तै, शरीरका हड्डीलाई बलियो बनाउनका लागि क्याल्सियमको आवश्यकता पर्दछ । यसबाहेक नसामा दबाब कम गर्नका लागि पनि क्याल्सियम पर्याप्त मात्रामा शरीरमा हुनुपर्दछ । शरीरमा क्याल्सियमको कमीले पनि पसिना धेरै आउने समस्या हुन्छ । त्यसैले, क्याल्सियम पर्याप्त मात्रामा भएका खानाहरू खानुहोस् । यसका लागि दूध, दही, फलफूल, हरियो तरकारी, ड्राई फ्रुट्स आदिको सेवन गर्न सकिन्छ ।

त्यस्तै, ब्लड सुगरलाई नियन्त्रण गर्नका लागि म्याग्नेसियमको महत्त्वपूर्ण भूमिका हुन्छ । मधुमेह हुँदा वा रगतमा चिनीको मात्रा बढ्दा पनि अत्यधिक पसिना आउने समस्या हुन्छ । यस्तोमा तपाईं म्याग्नेसियमयुक्त खानेकुराहरू खानपानमा समावेश गर्नुहोस् । यसका लागि तपाईं चना, टोफु, बदाम, काजु, फर्सीका बियाँ, चिया सिड्स तथा आलस आदिको सेवन गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved