हरियो खुर्सानी धेरै खाँदा हुने समस्या

नेपालभ्युज

हरियो खुर्सानी धेरै खाँदा हुने समस्या

एजेन्सी । हरियो खुर्सानी अन्य खुर्सानी भन्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले एनिमिया तथा आस्टियोपोरोसिस जस्ता समस्याबाट बचाउ गर्न सक्छ ।

हरियो खुर्सानीमा कयौं पोषक तत्त्व पनि पाइन्छन् जसले शरीरलाई थुप्रै समस्याबाट बचाउन सक्छ । तर, यसको अत्यधिक सेवनले नोक्सान पनि पुर्‍याउन सक्छ ।

जानौं, यसका नोक्सानी बारे–

– हरियो खुर्सानी अत्यधिक सेवन गर्नु हाम्रो शरीरका लागि फाइदा मात्रै हैन, हानिकारक पनि हुन सक्छ । यसमा हुने क्याप्साइसिनले पेटको गर्मीलाई बढाउँछ जसले गर्दा स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छ ।

– हरियो खुर्सानी धेरै खाएमा पखाला लाग्ने समस्या हुन सक्छ । पेटसम्बन्धी समस्या पनि देखिन सक्छ ।

– हरियो खुर्सानीमा क्याप्साइसिन पाइन्छ जसको अत्यधिक सेवनले शरीरको मेटाबोलिज्म सन्तुलित हुँदैन । यसले मोटोपन आउन सक्छ ।

– हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट भरपूर मात्रामा हुन्छ । तर, यसको अत्यधिक सेवनले पेटमा अल्सर हुने सम्भावना रहन्छ । पेट पोल्ने तथा रिगंटा लाग्ने जस्ता समस्या हुन्छन् ।

– हरियो खुर्सानी अत्यधिक सेवन गरेमा मधुमेह आवश्यकभन्दा धेरै कम हुन सक्छ । यस्तोमा मधुमेह भएका व्यक्तिले हरियो खुर्सानी धेरै खानु हुँदैन ।

– हरियो खुर्सानी धेरै खाँदा पाइल्स भएका व्यक्तिलाई समस्या हुन्छ । पाइल्समा पिरो खानु हानिकारक हुन्छ । त्यसैले, हरियो खुर्सानी यस्तो समस्या भएका व्यक्तिले खानु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved