हान्जाउ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।
अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर आजै चीन आइपुगेका प्रधानमन्त्री प्रचण्ड र सीबीच हन्जाउको सिहु स्टेट गेस्ट हाउसमा भेटवार्ता भएको हो।
चिनियाँ समयअनुसार साँझ ५ बजे भेट भएको हो। भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बताए। एसियाली खेलकुदको व्यस्तता हुँदा पनि आफूसँग भेट गरेकोमा सीको प्रशंसा गरे।
करिब आधाघण्टा भएको भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्ड र सीबीच भेट हुनुअघि दुई देशका अधिकारीबीच उच्चस्तरीय बैठक भएको थियो। उक्त बैठकमा पनि राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।


प्रधानमन्त्री प्रचण्ड आजै १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। त्यसपछि उनी बेइजिङ जाने कार्यक्रम छ।
Facebook Comment
Comment