एसियाली राष्ट्रले खेलकुदको माध्यमबाट विश्व शान्तिका निम्ति योगदान गर्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

नेपालभ्युज

एसियाली राष्ट्रले खेलकुदको माध्यमबाट विश्व शान्तिका निम्ति योगदान गर्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

हाङझाउ । चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन् ।

चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा बोल्दै चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत शान्ति, एकता र समावेशिता प्रवर्द्धन गर्न आह्वान गरेका हुन् ।

राष्ट्रपति सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved