चेरी टमाटरका फाइदा

नेपालभ्युज

चेरी टमाटरका फाइदा

एजेन्सी । चेरी टमाटर यानिकी गोलभेंडाले शरीरलाई पर्याप्त मात्रामा इम्युनिटी दिन्छ । यस्तो गोलभेंडाको सेवनले तपाईं धेरै रोगहरुबाट पनि बच्न सक्नुहुन्छ । त्यसो त गाउँघरमा यसको धेरै सेवन गर्दा शरीर दुख्ने, वाथ, यूरिकएसिड जस्तो समस्या हुन्छ भनेर सेवन गर्दैनन् । तर यसको धेरै फाइदाहरु पनि छन् जसलाई जान्न पनि जरुरी हुन्छ ।

साना गोलभेंडामा क्यालोरी, काब्र्स, प्रोटिन, फ्याट, फाइबर, सुगर, सोडियम, भिटामिन ए, सी, आइरन, पोटाशियम र क्याल्सियम जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन् । यसका साथै एउटा भिटामिन, मिनरल्स, एमिनो एसिड, एन्टीअक्सीडेन्ट्स पनि पाइन्छ ।

गोलभेंडामा पाइने तत्वहरुले नसाहरुमा हुने एन्डोथेलियल सेल्सलाई रक्षा गरेर मुटुसँग जोडिएका समस्याको खतरा कम गर्छ । यसका साथै यसले रगतमा प्लेटलेट्सको मात्रा पनि बढाउँछ ।

गोलभेंडामा फाइबरको राम्रो मात्रा हुन्छ । जसले तौल नियन्त्रण गर्नुका साथै पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ । यसले कब्जियत आदि पेटका समस्याबाट छुट्कारा दिन्छ । यो टमाटरले स्वस्थ माइक्रोबायोमलाई बढाउने गर्छ ।

त्यस्तै छालाको स्वास्थ्यका लागि पनि यो फाइदाजनक हुन्छ । यस टमाटरमा ९० प्रतिशत पानी हुन्छ जसले शरीरलाई हाइडे«ट राख्न सहयोग गर्छ । गर्मी समयमा यसको सेवन गर्नाले छालालाई पनि फाइदा हुन्छ । छालामा चमक ल्याउनका साथै छालाको इलास्टिसिटी पनि बढाउँछ ।
यसमा विभिन्न प्रकारका भिटामिनहरु हुने भएकाले यसले शरीरमा क्याल्सियम अब्सर्ब गर्न सहयोग गर्छ । क्याल्सियमले हड्डीहरु बलियो हुन्छन् र हड्डीको कार्यक्षमता पनि राम्रो भइरहन्छ ।

त्यस्तै यो गोलभेंडामा क्यान्सर निरोधक गुण पाइन्छ जसले स्तन तथा प्रोस्टेट क्यान्सरको खतरालाई कम गर्छ । यस विषयमा पनि अझै अध्ययनहरु भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved