काठमाडौं। हिन्दू धर्ममा पितृहरूलाई एकदमै धेरै सम्मान गरिन्छ । जसले गर्दा मानिसहरू पितृको नाममा श्राद्ध, तर्पण, दान आदि कार्य गरिरहेका हुन्छन् । तर, यस्तो भनिन्छ मृत व्यक्तिको केही चिजहरूलाई प्रयोग गर्नुहुँदैन किनकि यसमा पितृ दोष लाग्न सक्छ । आउनुहोस् ज्योतिषका अनुसार यसबारेमा जानौं–
मृत व्यक्तिका लुगा, गरगहना, आभूषणहरू प्रयोग गर्नु हुँदैन । किनकि, यस्तो मान्यता छ कि उनीहरूलाई आफ्नो गरगहना तथा आभूषणप्रति एकदमै धेरै लगाव हुन्छ त्यसैले उनीहरूको गरगहना मृत्युपछि प्रयोग गर्नुहुँदेन । मान्यताअनुसार मृतकको जीवात्माको ऊर्जा त्यो व्यक्तिसँग जोडिन्छ जसले उसको गहना लगाउँछ । गहनाहरूलाई तपाईं नयाँ ढंगले बनाएर प्रयोग गर्न भने सक्नुहुन्छ तर त्यही अवस्थामा पनि लगाउनबाट बच्नुपर्छ ।
त्यस्तै मृत व्यक्तिको कपडासँग पनि उसको एकदमै लगाव हुन्छ । त्यसैले, कोही व्यक्तिको मृत्युपछि उसको आत्माले मोहलाई छोड्न सक्दैन भन्ने मान्यता छ । जसले गर्दा उनीहरूले लगाउने कपडा पनि प्रयोग गर्नु हुँदैन ।
त्यस्ता कपडाहरूलाई दान गर्न सकिन्छ । यसले उसको आत्मालाई शान्ति तथा मोक्ष प्राप्त हुन्छ भन्ने ज्योतिष शास्त्रमा बताइएको छ ।
शास्त्रहरूका अनुसार कोही आफ्नो व्यक्तिको मृत्यु भयो भने उसको घडी पनि प्रयोग गर्नु हुँदैन । घडीमा सकारात्मक तथा नकारात्मकको ऊर्जा बसेको हुन्छ ।
Facebook Comment
Comment