टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरहरू)

हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए।

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरहरू)

काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम भएको छ ।

संविधान दिवस मुल समारोह समितिले गरेको कार्यकममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने विदेशमा रहेकाले आजको समारोहमा उपस्थित हुन सकेनन् ।

समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए।  त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए।

तस्वीरहरु –

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved